इदका अवसरमा उपराष्ट्रपतिको शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिनुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक…