क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग

विराटनगर । एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गर्नुभएको छ । न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रतिपरिवार रु १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गर्नुभयो । पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उहाँले…