भक्तपुर - चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री तथा २ लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा २९ लाख रकम गुमाउनुपरेको हो । यस्ता खालका सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको…