नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो । आदेशमा भनिएको छ, “यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका…