अलैंची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई सर्वसम्मत

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा बिर्तामोडका अलैंची व्यवसायी निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली खरेल, महासचिवमा नारायण प्रसाद चिमरिया, सचिवमा मोहन कुमार मित्तल, सुष्मा भण्डारी पौडेल र कोषाध्यषमा सुजित वंशल सर्वसम्मत भएका छन्…