संखुवासभामा बस दुर्घटना : १० जनाको मृत्यु

संखुवासभा - संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा आज बिहान बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धारकार्य जारी छ। बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाे प्रहरीले जनाएकाे छ। संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीका अनुसार…