झापा । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड, विद्यार्थी सिकाई सहजीकरण कार्यढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा…