भद्रपुर - झापाको भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन बत्ती (फ्लडलाइट) जडान गर्न कोशी प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, भद्रपुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच औपचारिक रूपमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। कोशी प्रदेश सरकारको विशेष परियोजना अन्तर्गत यो बजेट कार्यान्वयनको प्रक्रिया अघि बढेको हो। सम्झौता सम्पन्न भएसँगै अब रङ्गशालामा लाइट जडानका लागि ठेक्का…