काँकडभिट्टा । विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले आयोजना गरेको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाऔं महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहले उपस्थिति जनाउदै समर्थन जनाएका छन् । ‘नागरिक बचाऔं महाअभियान’ को उद्घाटन नै पूर्वराजाको हातबाट गरिएको छ । दीप प्रज्ज्वलन गर्दै पूर्वराजा शाहले महाअभियानको उद्घाटन गरेका हुन् । नागरिक बचाऔं महाअभियानमा पूर्वराजा शाह आफ्नो परिवारसहित उपस्थित भएका थिए ।…