राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाका ७७ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो । मन्त्रालयले झापाका स्थानीय तहलाई गरेको परिपत्रअनुसार झापाको मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४-४ विद्यालय छनोट भएका…