झापा - प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ पहिचान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयमा आज आयोजित कार्यक्रममा कार्यदलका संयोजक भविश श्रेष्ठले प्रदेश नं १ पर्यटन तथा संस्कृतिमन्त्री खिनुलङ्वा लिम्बुलाई प्रतिवेदन बुझाउनुभयो । प्रतिवेदनमा प्रदेश १ का १४ जिल्लाका पर्यटकीय ब्राण्ड सेल उत्पादनलाई तहगत रूपमा वर्गीकरण गरिएको छ…