बिर्तामोड । झापाको बिर्तामोडस्थित एनएमसीको कार्यालय नजिकै रहेको ट्रान्सफर्मर लगातार तीन पटक पड्कियो । गत शनिवार यता लगातार पड्किएको ट्रान्सफर्मर ग्राहकको आग्रहमा विधुत प्राधिकरणले मर्मत गरिदियो । यसरी बिर्तामोडका अधिकांश ट्रान्सफर्मर पड्किरहन्छन् । कमजोर क्षमताको ट्रान्सफर्मर विधुत प्राधिकरणले मर्मत गर्दै छोड्ने गरेको छ । मानवीय क्षति नभए पनि ट्रान्सफर्मर नजिकै बस्नेहरु सधैं जोखिमपूर्ण जीवन बिताउन…