बिर्तामोड । झापा गाउँपालिकालाई जग्गा सहयोग गर्ने दाताहरु गाउँपालिकाको व्यवहार देखेर असन्तुष्ट भएका छन् । गाउँपालिकाका जग्गादाताहरु रुष्ट भएको एक भिडियो यतिवेला सामाजिक सञ्जालमै छ्याप्छ्याप्ती भएको छ । गाउँपालिकालाई १७ कठ्ठा जग्गा निशुल्क रुपमा उपलब्ध गराउने सोही ठाउँका राजवंशी परिवारले गाउँपालिकाले आफुहरुमाथि अपमान गरेको दुखेसो पोखेका छन् । उनीहरुलाई गाउँपालिकाले भवन् उद्घाटनका दिन जग्गादाताको रुपमा…