पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

पाँचथर - पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभयो । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा २ हजार ४९९ बढी मत…