दमक - सरकारी अस्पतालका रूपमा विकास हँुदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ । अस्पतालका अध्यक्षसमेत रहनुभएकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिनुभयो । बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौँ इन्स्टिच्युट अफ…