कनकाई । झापाको बाह्रदशी-७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयका लागि अत्यन्तै उपयोगी सामग्री हस्तान्तरण गरिएको हो…