नेतृत्व छनौटमा विपक्षी दलसँगको लडाईजस्तो नगरौं : थापा

कनकाई । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईजस्तो नबनाउन कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई…