भद्रपुर - जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भर्नुभयो । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिप्नुभयो । “घरमा मान्छे नभेटिएपछि…