तत्काल कामका लागि घरबाहिर ननिस्कन महिलाहरुलाई तालिबानको निर्देशन

काठमाडौँ । अफगानिस्तानमा विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका महिलाहरुलाई तालिबानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाहले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चित नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् । संयुक्त राष्ट्रसङ्घले हालै अफगानिस्तानको पछिल्लो स्थितिको विश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालिबानको तर्फबाट यस्तो…