काठमाण्डाै - अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा…