ताप्लेजुङ - तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु…