बिर्तामोड । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको…