जनगणनाका लागि देशभरि कार्यालय

काठमाडौँ । आगामी राष्ट्रिय जनगणनासम्बन्धी काम गर्न सबै जिल्ला तथा प्रदेशमा कार्यालय खोलिएको छ । आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा जनगणनासम्बन्धी आवश्यक कार्य गर्न कार्यालय खोलिएको हो । काठमाडौँमा पाँचवटा; सुनसरी, मोरङ, ललितपुर, रूपन्देही, कैलालीलगायतका जिल्लामा दुई-दुईवटा तथा अन्य जिल्लामा एक-एकवटा कार्यालय स्थापना गरिएको छ । नयाँ खोलिएका कार्यालयमा जिल्ला जनगणना अधिकारी र सहायक…