झापाका एक एम्बुलेन्स चालकसहित चार जनाविरुद्ध अभद्र मुद्दा

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले एक जना एम्बुलेन्स चालकलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ । मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने बुद्धशान्तिका ३० वर्षीय तेज बहादुर विकलाई मुद्दा दर्ता गरिएको झापा प्रहरीले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाइरहेका विकलाई मेचीनगर–१३ स्थित चारआली सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो…