एजेन्सी । पाँच पटकका बालोन डे’ओर विजेता पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो । पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई कोरोना लागेको पुष्टि गरेको हो । उनलाई कुनै लक्षण भने देखिएको छैन । कोरोना लागेसँगै ३५ वर्षीय इटालियन क्लब युभेन्ट्सका फरवार्डलाई राष्ट्रिय टिमबाट बिदा गरिएको…