कनकाई । झापा कनकाई नगरपालिका–३ एकान्त टोलमा २२ वर्षीय युवकको हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा फेला परेको अभिषेक चौधरीको शव हत्या भएको आशंकामा प्रहरीले धरानबाट ल्याएको लैला र टिकु नामक कुकुर प्रयोग गरेर घटनामा संलग्नको खोजी गरेको छ ।…