काठमाडौं । समता फाउन्डेशनले दलित समुदायविरुद्ध भइरहेका शृङ्खलावद्ध हिंसा र विभेदबारे सरोकारवाला र समुदायस्तरमा संवादको संस्कृति बढाउनका लागि ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरिएको प्रष्ट पारेको छ । कार्यक्रम प्रशारण भइरहेकै बेला समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण…