काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको भोलि बस्ने बैठकको तयारी पूरा भएको छ । बैठकका लागि आवश्यक गृहकार्य सकिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा…