धनगढी - हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ । दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि…