अनियमितता गर्नेलाई बर्खास्त गर : देउवा

काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग…