बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

भद्रपुर  - ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो । सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो…