१६ सय परिवारमा सभामुख घिमिरेको समवेदना

प्रदीप परियार  बिर्तामोड । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा किनै कठिनाई हुने गरेको छ । तथापि, आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्नुभएको छ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । प्रतिनिधि सभाको सभामुख भएपछिको व्यस्तताले सदन नभएको…