बिर्तामोड । झापाको अर्जुनधारामा श्रीमान् अर्कै युवतीको कोठामा गएको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा एक युवतीको ज्यान गएको छ । श्रीमतीले आफ्ना साथीहरूसँग मिलेर गरेको सामूहिक कुटपिटबाट २२ वर्षीया गंगा राईको मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा श्रीमान्–श्रीमतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ८ मा…