शोभायात्रामा सभामुख, पाँच दिवसीय अनुष्ठानको उद्घाटन

झापा । बिर्तामोड ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राण प्रतिष्ठा गर्नुअघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटन अघि कलसमा गंगाजल अर्पण गरेपछि शुरु भएको शोभायात्रा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको थियो । शोभायात्रामा…