सामुदायिक एकतासँगै भाक्का दिवस एकै ठाउँमा मनाइयोस् : मन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले राजवंशी समुदायबीच एकता मेलमिलाप चाहेको बताएका छन् । उनले समुदायको एकता अनिवार्य भएको बताएका हुन् । आज झापाको बिर्तामोडस्थित डोमाला रंगशालामा आठौँ राष्ट्रिय भक्का दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले मेलमिलापको वातावरण बनाएर एकै ठाउँमा भाक्का दिवस मनाउन आग्रह…