काठमाडौँ, ७ चैतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँ नेतृत्वको टोलीले सम्बन्धित मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माणलगायत…