शिक्षालाई आइटी र प्रविधिसँग जोडेर अघि बढौं : मुख्यमन्त्री कार्की

विराटनगर । विद्यार्थीहरुलाई उत्पादनमा जोड्ने अभियानमा विद्यालयहरु लाग्नुपर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । झापाको दमकमा रहेको हिमालय माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आइटी र प्रविधिसँग शिक्षालाई जोडेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । उहाँले दातृ निकाय र प्रदेश सरकारसँग साझेदारीमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने बताउनुभयो । यसका…