झापा । झापाको कनकाई नगरपालिका – ३ मा गाई काटेको विषयले मंगलवार दिनभर सो क्षेत्र तनावग्रस्त बन्यो । राती सुरक्षाकर्मी र स्थानीय, गौ संरक्षकहरुबीच झडपको स्थितिसम्म बनेको थियो । काटिएको गाईसहितको गाडि सडकमा तेर्साएर चक्काजाम गरेपछि प्रहरीले तितरवितर बनाउन ७ राउण्ड अश्रुग्यास हानेको छ । गौहत्याको विरुद्धमा दिनभर प्रदर्शन भएपछि राती कोटिहोम क्षेत्रमा दाहसंस्कार गर्न…