जेष्ठ ११, २०८२ शनिबार

विवाहको प्रस्ताव अस्वीकार गर्दा छोरीको अपहरण

रुपन्देही । आमाले विवाह गर्न नमानेपछि ६ वर्षिया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिका–१२ बाट सोमबार साँझ अपहरणमा परेकी ६ वर्षीया बालिकालाई बुटवल–५ मा रहेको बुटवल प्लाजा एण्ड रेष्टुरेण्टबाट प्रहरीले बुधबार उद्धार गरेको हो ।


प्रहरीले बालिका अपहरणमा संलग्न वीरगञ्जका जयराम दासलाई पक्राउ गरेको छ । स्थानीय रैनी खोलामा पुल बनाउने ठेक्का लिएका दासको कामकै सिलसिलामा बालिकाकी आमासँग चिनजान भएको थियो ।


सामान्य चिनजान भएपछि दासले बालिकाको आमासँग विवाहको प्रस्ताव राखेका थिए । विवाहको प्रस्तावलाई बालिकाको आमाले अस्वीकार गरेपछि दासले बालिकाको अपहरण गरेर बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : असार १२, २०७६ बिहीबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]