जेष्ठ ६, २०८२ सोमबार

ताप्लेजुङमा २ सय ६६ वटा हतियार संकलन

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले चार महिनाको अवधिमा ठूलो परिमाणमा हतियार संकलन गरेको छ ।


गृह मन्त्रालयले चैत्र १ गतेदेखि सुरु गरेको हातहतियार संकलन अभियान अन्तर्गत अहिलेसम्ममा २ सय ६६ वटा विभिन्न खाले हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।


देशका ७७ ओटा जिल्लामध्ये ताप्लेजुङमा सबैभन्दा धेरै हातहतियार संकलन भएको हो । संकलन भएका हतियार आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
ताप्लेजुङमा झण्डै तीन सयवटा हतियारको लाइसेन्स वितरण गरिएको भए पनि ५८ ओटामात्रै संकलन भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।


संकलन भएका हतियारमध्ये भरुवा बन्दुक २ सय ५३ नाल, सर्ट गन २ ओटा, १२ बोरको हतियार ५ थान, टुटु १ नाल, म्याक्नाम १ नाल संकलन भएको हो ।
यस्तै एक थान रिभल्वर र ३ वटा गोली जिल्लाका विभिन्न ठाउँबाट संकलन भएको भण्डारीले बताए ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]