बिर्तामोड । झापाका राजेन्द्र लिङ्देन राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । मत गणना सकिए पनि निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । आज बिहान सम्पन्न मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। लिङ्दनेले १८१७ मत प्राप्त गरेका छन् भने…