बिर्तामोडमा आजदेखि कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु हुदैछ । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गर्ने प्रदर्शनी तीन दिनसम्म चल्ने छ । उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार साँझ बिर्तामोड आइसक्नु भएको छ । उहाँलाई बिर्तामोडस्थित सिद्धार्थ होटलमा भव्य स्वागत गरिएको थियो ।…