झापा । शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिकस्तरका आधारमा उत्कृष्ट झापाका पाँच सामुदायिक विद्यालयलाई रु. पाँच लाखको दरले अनुदान प्रदान गर्ने भएको छ । नजितामा आधारित प्रोत्साहन अनुदान वापत मेचीनगर नगरपालिकाको आदर्श माध्यमिक विद्यालय इटाभट्टा, शिवसताक्षी नगरपालिकाको मोती मावि मंगलबारे, राष्ट्रिय मावि रमणीय आदर्श दुधे र कमल गाउँपालिकाको शहीद मावि धर्मभक्त केखाले प्राप्त गर्ने भएका हुन्…