गगन ढकाल बिर्तामोड । झापामा नयाँ शैक्षिक २०८० को सुरुआतमै सामुदायिक विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन थालेका छन् । जिल्लामा सहजै रुपले पुस्तक उपलब्ध भएको प्रधानाध्यापकहरुले जानकारी दिए । प्रधानाध्यापकहरुले पोहोर–पोहोर सालमा भन्दा यो साल सहजै रुपमा पुस्तक उपलब्ध भएको प्रतिक्रिया दिएका छन । शनिश्चरे माविका प्रधानाध्यापक चेतामणी खनालले पोहोर साल भदौ असोजसम्म पुस्तक खोज्दा पनि नपाएको…