काठमाडौँ। मंसिर ९ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु हुँदै छ। त्यसका लागि परीक्षा तालिका सार्वजनिक भइसकेको छ भने राष्ट्रिय परीक्षा बोर्डले तयारी तीव्र पारेको छ। कोरोना महामारीको समयमा हुनलागेको कक्षा १२ को परीक्षाका लागि देशभर ४,५०० परीक्षा केन्द्र कायम गरिएको छ। उपत्यकाबाहिर घर नजिकको विद्यालयमा पनि परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ।…