विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम कार्ययोजना पेश गर्न निर्देशन दिएको हो । सामुदायिक र संस्थागत विधालयले बुझाउने कार्ययोजनाका आधारमा विधालय सञ्चालनको अनुमति दिइने उपसचिव तिलचन भण्डारीले जानकारी दिए । tl:a/…