काठमाडौँ । प्रधानमन्त्री कुलपति केपी शर्मा ओलीले नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । सीमित स्रोत र साधन भए पनि विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न उहाँले जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७।७८ विद्युतीय माध्यमबाट आयोजना गरिएको सभालाई शुक्रबार…