रास्वपा सांसद सुरेशकुमार चौधरीको पक्की घर पनि ऐलानी जग्गामा

बाँके । संघीय सरकारले सुकुम्बासी बस्ती खाली गर्न डोजर अभियान चलाइरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाँके–१ का सांसद सुरेशकुमार चौधरीको पक्की घर पनि ऐलानी जग्गामा बनेको खुलेको छ । कोहलपुर नगरपालिका–२ सिमलघारीस्थित ऐलानी जग्गामा दुईतले पक्की घर आफूले २०७५ सालमा निर्माण गरेको चौधरीले स्वीकारेका हुन् । उनका अनुसार करिब दुई कठ्ठा क्षेत्रफलमा बनेको घर…