बिर्तामोड । बिर्तामोड –८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको निर्देशनमा ग्रेडर लगाएर उक्त सडक भत्काइएको छ । इन्जिनियर, प्राविधिकसहित सडकमा पुगेका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाएका हुन् । गुणस्तरहीन कालोपत्रे गरेका…