काठमाडौं, ३० कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि दल दर्ता गरेका छन् । आज निर्वाचन आयोगमा पुगेर माधव खतिवडाको नेतृत्वमा दल दर्ता गरेका हुन् । दलको नाम नागरिक बचाउ दल राखिएको छ । पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र…